A banner that says "feminist principles of the internet"

सन् २०१४ र २०१५ मा एसोसिएसन फर प्रोग्रेसिभ कम्युनिकेसन Association for Progressive Communication (APC) अन्तर्गत महिला अधिकार कार्यक्रम (Women’s Rights Programme WRP) को आयोजनामा “फेमिनिस्ट इन्टरनेटको कल्पना” नामक कार्यक्रम मार्फत बृहत सहभागीहरु सम्मिलित फोरमद्वारा इन्टरनेट सम्बन्धि विभिन्न मुख्य मुद्धाहरु माथि बहस र चफल गर्दै यस फेमिनिस्ट इन्टरनेटको सिद्धान्तको सिर्जना भएको हो।

फेमिनिस्ट इन्टरनेटले महिला तथा क्वेयर व्यक्तिहरुलाई – आफ्ना हरेक विविधताका साथ – आफ्ना सबै अधिकारहरुको पूर्ण रूपले मज्जा लिन, खेल/ क्रियाकलाप र (यौनिक) आनन्द/ खुसीमा संलग्न हुन – पितृसत्तालाइ नास गर्नका लागि अझै सशक्त बनाउने कार्य गर्दछ।

फेमिनिस्ट इन्टरनेटका सिद्धान्तहरू (FPI) ले महिला आन्दोलनहरूको लागि टेक्नोलोजीसँग सम्बन्धित मुद्दाहरूलाई हेर्न र अन्वेषण गर्न एक रूपरेखा प्रदान गर्दछ। यी सिद्दान्तहरुले इन्टरनेट सम्बन्धित अधिकारहरूमा महत्वपूर्ण लैङ्गिक र यौनिक अधिकारको दृष्टिकोण प्रदान गर्छन्। FPI ५ भागहरुमा विभाजित गरिएको छ, र जम्मा १७ वोटा सिद्धान्तहरू छन् ।

यी सिद्दान्तहरु https://feministinternet.org/ बाट अनुवादन गरिएको हो। यसको मुख्य श्रोत एसोसिएसन फर प्रोग्रेसिभ कम्युनिकेसन Association for Progressive Communication (APC) हो।