पहुँचयोग्य, सुरक्षित र सबैका लागि केवल डिजिटल ठाउँ।
हाम्रा कार्यक्रमहरु
ज्ञान उत्पादन
हामी अनुसन्धानका साथै कानून तथा नीतिको अध्ययन एवं विश्लेषण गर्छौँ र नेपालमा डिजिटल अधिकार र सीमान्तकृत समुदायका व्यक्तिका जीवन्त अनुभव र तिनका प्रभावबारे अन्वेषण गर्छौँ ।
क्षमता निर्माण
हामीले डिजिटल अधिकारबारे छलफल गर्न र डिजिटल स्पेसमा महिला तथा क्वेयर समुदायका व्यक्तिको कथा अगाडि ल्याउनुका साथै सुरक्षित डिजिटल व्यवहार, उपकरण, सुझाव र रणनीतिलाई बढावा दिने कार्यशालाहरु आयोजना गर्छौँ ।
वकालत तथा अभियान
हामीले विभिन्न अफलाईन तथा अनलाइन अभियानमार्फत सार्वजनिक वकालत गर्छौँ र डिजिटल अधिकार स्पेस र फेमिनिस्ट स्पेसहरुको अन्तरसम्बन्धमा काम गर्छौं।
बडी एण्ड डाटा सन् २०१७ मा स्थापना भएको डिजिटल अधिकारमा काम गर्ने संस्था हो । हामीले महिला, क्वेयर व्यक्तिहरु र सीमान्तकृत समुदायको डिजिटल अधिकारको बुझाई र पहुँचका लागि काम गर्छौं, जहाँ उहाहरुले सुरक्षित र न्यायपूर्ण डिजिटल स्पेशमा आफ्नो अधिकार प्रयोग गर्न सक्छन् । हामी नेपाली परिवेशमा क्रस मुभमेन्ट बिल्डिङ, सूचनासम्म पहुँचको सुविधा, ज्ञाननिर्माण तथा डिजिटल अधिकारका प्रसारका माध्यमबाट सबैका लागि पहुचयुक्त, सुरक्षित र न्यायसंगत डिजिटल स्थानका सुनिश्चिततका लागि काम गर्छौँ ।









