वकालत तथा अभियान

महिला तथा क्वेयर व्यक्तिका अधिकारको अभियानलाई अगाडी बढाउन इन्टरनेटमा पनि आवाज उठाउन,  मुद्दाहरुलाई अगाडी ल्याउन र इन्टरनेटमा अभियान चलाउन आवश्यक छ। सीमान्तकृत समुदायलाई प्रभावित गर्ने अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता, सेन्सरसिप, निगरानी, यसका बारेमा मुद्धाहरु र नीतिहरुलाई इन्टरनेटमा थप बिस्तार रूपमा छलफल अगाडी बढाउन जरुरि छ । हामी अनलाइन अभियानका माध्यमबाट सार्वजनिक अभियान वकालत गर्नुका साथै डिजिटल अधिकार अधिकारको स्पेस र फेमिनिस्ट स्पेसका अन्तर्सम्बन्धमा काम पनि गर्छौँ । यसबाहेक वकालत तथा अभियानकै अन्तर्गत हामी आफूले उत्पादन गरेका ज्ञान र श्रोतसाधनहरु प्रसार पनि गर्छौँ ।

इन्टरनेट स्वतन्त्रता संवाद

इन्टरनेट स्वतन्त्रता संवाद (आईएसएस) बडी एन्ड डेटाले सन् २०२१ मा सुरु गरेको मासिक कार्यक्रम हो । यस कार्यक्रमको उद्देश्य नेपालमा डिजिटल अधिकारका साथै यसका विभिन्न अन्तर्सम्बन्धको बारे छलफल गर्नु रहेको छ । इन्टरनेट स्वतन्त्रता संवादका पछिल्ला संवाद यहाँ फेला पार्नुस्

गोपनियताको गफ अभियान 

#PoliticallyPrivate “#GopaniyataKoGuff” (#गोपनियताकोगफ) नेपाली सन्दर्भमा गोपनीयता र डेटासम्बन्धी कुराकानी तथा छलफल चलाइरहने एक अभियान हो । हामीले डिजिटल अधिकारको बृहत्त रूपमा गोपनीयताबारे विभिन्न सीमान्तकृत समुदाय र तिनका अन्तर्समूहसँग चर्चा गर्‍यौँ । कमिक्स, भिडियो, परामर्शलगायतका माध्यमबाट हामीले नेपालमा डिजिटल गोपनीयता प्रतिको धारणा व्यापक बनाउन चाहन्छौँ ।

अनलाइन हिंसाविरुद्ध अभियान

महामारीका साथै नेपालमा अनलाइन हिंसाका मुद्दाको संख्यामा निकै बृद्धि भएको पाइयो । यही वरपर रहेका मुद्दालाई अगाडी ल्याउन हामीले अनलाइन हिंसाविरुद्ध अभियान सुरु गर्‍यौँ । यसअन्तर्गत हामीले जुन महिनामा तीन हप्ता लामो ‘अनलाइन लैंगिक तथा यौनिक हिंसाको बुझाइ र प्रतिरोध’ नामक साप्ताहिक वेबिनार आयोजना गर्‍यौँ । यसमा ‘अनलाइन यौनिक हिंसा तथा यसका प्रभाव’, ‘अनलाइन महिलाद्वेष तथा यसका प्रभाव’ र ‘अनलाइन यौनिक हिंसा प्रतिरोध– उपाय र उपकरण’ जस्ता विषय समाविष्ट थिए ।

यस अभियानमा हामीले लिंग आधारित हिंसाबारे विभिन्न मिडियाले रिपोर्ट गरेका मुद्दाहरुको म्यापिङ गर्‍यौँ, आफुलाई अनलाइन माध्यममा आक्रमणबाट कसरी जोगाउने, यस्ता आक्रमण भएका खण्डमा कसरी बच्ने भन्ने विषयका संसाधनहरुलाई साझा गर्‍यौँ । हामीले नेपालमा अनलाइन हिंसाका कानुन र यसका सीमासम्बन्धी साथै सामाजिक सञ्जालमा हिँसालाई रिपोर्टिङ गर्ने विधिबारे संसाधन पनि साझा गर्‍यौँ ।