क्षमता निर्माण

बडी एन्ड डाटासँग काम गर्ने समुदाय – महिला, क्वेयर व्यक्ति, अपांगता भएका महिला, अभियन्ता, प्राविधिक व्यक्ति तथा सहयोगी संगठनलगायतका क्षमता निर्माणको आवश्यकतालाई हामी पहिचान गर्छौँ । यसका लागि हामी डिजिटल सुरक्षाका कार्यशाला आयोजना गर्छौँ र डिजिटल स्टोरीटेलिङ कार्यशालाका मार्फत समुदायका लागि सुरक्षित स्पेस निर्माण गर्छौँ ।

फेमिनिस्ट टेक एक्स्चेन्ज: डिजिटल सुरक्षा कार्यशाला

फेमिनिस्ट टेक एक्स्चेन्ज: डिजिटल सुरक्षा कार्यशाला लैंगिकता र यौनिकताका दृष्टिकोणबाट डिजिटल अधिकारको बारेमा छलफल गर्नका लागि बनाइएको स्पेस हो । यसबाहेक हामीले सुरक्षित डिजिटल उपकरण, उपाय तथा रणनीतिमाथि व्यावहारिक प्रशिक्षण दिन्छौँ । हामी अभियन्ता, महिला, क्वेयर तथा इच्छुक व्यक्तिका साथ सामाजिक न्यायका मुद्दामाथि काम गर्ने संस्थाहरु र समूहका साथ काम गर्छौँ ।

डिजिटल स्टोरीटेलिङ कार्यशाला

डिजिटल स्टोरीटेलिङ कार्यशालाका माध्यमबाट हामी महिला, केव्यर समुदाय तथा सीमान्तकृत समुदायका व्यक्तिका लागि आफूलाई प्रभावशाली लागेका कथालाई छनोट गरेर त्यसको डिजिटल दस्तावेज बन्न सक्षम बनाउने स्पेसको निर्माण गर्छौँ । डिजिटल स्टोरीटेलिङ कार्यशाला पछाडिको हाम्रो मुख्य उदेश्य महिला तथा केव्यर  व्यक्तिका कथालाई अगाडी ल्याउनु तथा तिनका वास्तविकता अघि ल्याउनु हो । हाम्रा सहभागीले तयार गरेका केही कथा यहाँ हेर्नुस् ।

https://www.youtube.com/watch?v=eIDJgyNjksM&list=PLek7qiQa6B4SxDXovjddHCnFTHpGKDRmd

हाम्रा सहभागीहरूको अनुभवहरू

मिडिया अनुगमन प्रतिवेदन २०२३: नेपालमा डिजिटल अधिकारको अवस्था : एक समीक्षा

मिडिया अनुगमन प्रतिवेदन २०२३: नेपालमा डिजिटल अधिकारको अवस्था : एक समीक्षा

नेपाली मिडियामा २०२३ को बर्ष भरि डिजिटल अधिकार सम्बन्धि कस्ता बिषयबस्तु, संदेश र प्रवृत्ति प्राथमिकतामा परे अनि प्रविधी र इन्टरनेटसंग सम्बन्धित हाम्रो मानवाधिकारको स्वरूप कस्तो देखिन्छ भन्ने छलफल र बहस पस्किनका लागि हामीले गत बर्ष देखि यस समिक्षात्मक प्रतिवेदनको थालनी...

फेमिनिस्ट टेक एक्सचेन्ज मधेश: इन्टरनेटका अनुभव

फेमिनिस्ट टेक एक्सचेन्ज मधेश: इन्टरनेटका अनुभव

मधेशका महिला, क्वेयर व्यक्तिहरू र अन्य सीमान्तकृत समुदायहरूसँग फेमिनिस्ट टेक एक्सचेन्जमा संगै काम गर्दा हामीलाई डिजिटल अधिकार र डिजिटल उपस्थितिको बारेमा कुराकानी बुझ्न, सन्दर्भबद्ध गर्न र मुद्दालाई फराकिलो बनाउन मद्दत गर्‍यो। हामीले कार्यशालाका पांचजना सहभागीहरूसँग...