मधेशका महिला, क्वेयर व्यक्तिहरू र अन्य सीमान्तकृत समुदायहरूसँग फेमिनिस्ट टेक एक्सचेन्जमा संगै काम गर्दा हामीलाई डिजिटल अधिकार र डिजिटल उपस्थितिको बारेमा कुराकानी बुझ्न, सन्दर्भबद्ध गर्न र मुद्दालाई फराकिलो बनाउन मद्दत गर्‍यो। हामीले कार्यशालाका पांचजना सहभागीहरूसँग इन्टरनेटमा उनीहरूका अनुभवहरू र फेमिनिस्ट टेक एक्सचेन्जको सिकाइ बुझ्नका लागि कुराकानी गरेका थियौं।

 

 

 

 

 

मधु कुमारी महरा – इन्टरनेट स्पेस र मधेशी दलित महिला

 

 

तपाईको समाजमा दलित महिला र इन्टरनेटबीचको सम्बन्ध कस्तो छ ?

म एक गृहणी, शिक्षक र हाल समता फाउन्डेसनमा सदस्य वा सामुदायिक प्रतिनिधिको रूपमा संलग्न छु। म दलित महिलाको कथा शेयर गर्छु र उनीहरुका विषयमा पनि लेख्छु । इन्टरनेट र प्रविधिको यस युगमा हरेक व्यक्तिलाई आफ्नो र अन्य काम गर्न व्यक्तिगत मोबाइल फोनको आवश्यकता पर्दछ। तर मेरो समुदायमा भने किशोरी केटी तथा महिलाहरूलाई फोन राख्न दिइँदैन। आफ्नो मनोरञ्जनको लागि पनि प्रयोग गर्न सक्दैनौं र आफ्नो विचार अरूलाई पनि बाँड्न सक्दैनौं। यो पूर्णतया प्रतिबन्धित छ र समाजले हामीलाई बिगार्नेछ भन्ने सोचाइ राख्छन। यदि कुनै केटीले फोन बोक्छिन् भने ऊ बिग्रेकी, गलत आरोपित हुन्छे र समुदायमा नकारात्मक परिवर्तन ल्याउन जिम्मेवार ठानिन्छ। समाजले महिला र बालिकाका लागि नै मापदण्ड र नियम बनाएको छ ।

 

 

 

 

मधेशी दलित महिलाको पहिचानले गर्दा प्रविधि र इन्टरनेटको तपाईको अनुभव कस्तो रहेको छ?

 

मेरो उमेरका महिलाहरूले भर्खरै मोबाइल फोन राख्न थालेका छन् र जसले पाएका छैनन् उनीहरुले प्रविधिको लाभ उठाउन सकेका छैनन्। सानै उमेरदेखि मलाई आफूभन्दा कम उमेरका स्कूलका भाई बहिनीहरूलाई लेख्न, पढाउन, सिकाउन असाध्यै मन पर्थ्यो । विवाहअघि पनि म बच्चाहरुलाई पढाउने गर्थें र पैसा कमाउँथें। अहिले मैले १५ देखि १६ जना किशोरीहरूलाई सित्तैमा पदाउँदै आएको छु किनभने उनीहरूले सिक्छन र मेरो ज्ञान पनि बढ्दै गर्छ । उनीहरूसित कुरा गर्दा म असाध्यै खुसी महसुस गर्छु र ती कुराकानीहरूले अक्सर मेरो हृदय छुन्छ। म त्यसलाई इन्टरनेटमा विषयवस्तुको रूपमा राख्ने गर्थें। मैले उनीहरूको तस्विरपनि फेसबुकमा पोष्ट गरेँ। यसो गर्दा समुदायका केटाहरूले र उनीहरुका आमाबुबाहरुले गुनासो गरे र तिनीहरूसित नराम्रो छलफल/बहस पर्यो। आफ्नी छोरीको तस्बिर क्लिक नगर्न र अनलाइनमा पोस्ट नगर्न चेतावनी दिए । त्यो घटनाले गर्दा म चिन्तित र दुःखी भएँ र त्यतिबेला देखि म उनीहरूको फोटो खिच्न डराउँछु । फेस्बुकमा आफ्नै फोटो पनि राख्दिनँ । मेरो परिवारका सदस्यहरू समेत मेरो विरुद्धमा थिए र फेस्बूक चलाउन प्रतिबन्धित गरिदिए। मैले भर्खरै फेसबुक चलाउन सुरु गरेको थिएँ र यो घटनापछि तुरुन्तै चलाउन छोडे। मेरा सबै साथीहरूले आफ्नो फोटो फेसबुकमा राख्छन्। म पनि विभिन्न स्थानहरूमा भ्रमण गरेको र चाडपर्वको फोटो फेस्बुकमा पोस्ट गर्न चाहन्छु। तर मेरो परिवारका सदस्यहरूले मलाई त्यसो गर्न दिंदैनन्। आफ्नै भाइहरूले पनि मलाई नचलाउन  धम्की दिन्छन्। मनोरञ्जनको लागि मात्र केही भिडियोहरू हेर्न दिन्थे। मेरो श्रीमानले मलाई फेस्बुक चलाउन दिनुहुन्न र मेरो के काम छ भनेर सोध्नुहुन्छ, किन फोटो राख्नु आवश्यक छ? भन्नुहुन्छ । मसँग फोन छ तर मलाई इन्टरनेट प्रयोग गर्न अनुमति छैन भने यसको कुनै महत्व नै छैन। मेरो लागि इन्टरनेट आफूलाई चिनाउने र परिचय बनाउने ठाउँ र अरु माझ आफ्नो कुरा बताउने मञ्च हो। उदाहरणका लागि, म एक शिक्षित महिला हुँ र यदि म इन्टरनेट प्लेटफर्ममा गएन भने, अन्य महिलाहरूले मलाई र मेरो कामको पहिचान गर्न सक्दैनन्। यस कार्यशालामा भाग लिएपछि मैले आफ्नो मन परिवर्तन गरेको छु र मेरा परिवारका सदस्यहरूले मेरो बारेमा जेसुकै सोचे पनि फोन र इन्टरनेटको प्रयोग गर्नेछु। यो मेरो कार्यशालामा पहिलो पटक सहभागिता हो जहाँ मैले गोपनीयता, डिजिटल सुरक्षा, डेटा गोपनीयता, मोबाइल सेटिङ आदिबारे धेरै कुरा सिकें। मैले प्राप्त गरेको ज्ञान र जानकारी मेरा विद्यार्थी तथा अन्य महिलाहरूसँग पनि बाढ्नेछु ।

 

 

तपाईंले इन्टरनेटमा सामना गर्न सक्ने जोखिमहरूलाई कसरी कम गर्नुहुन्छ?

इन्टरनेट र मोबाइल फोनको दुरुपयोगको कारण आफ्नो जीवन बर्बाद गरेका मानिसहरूको बारेमा हामीले धेरै कथाहरू सुन्ने गर्छौ। म सधैं आफू जिम्मेवार नभएको गलत कामहरूको लागि दोषी हुने आशा गर्दिन ।अनलाइन जानु वा इन्टरनेट प्रयोग गर्नु भन्दा पहिले हामीले आफ्नो सुरक्षाको बारेमा धेरै कुराहरू सोच्नुपर्छ। 

मेरो मोबाइल फोन प्रयोग गरेको ९ महिना भयो र मैले पासवर्ड सेट गर्न सकिन मेरो श्रीमानलाई १० पटक सोधे सिकाउनको  लागि तर मलाई बेवास्ता गर्नुभयो। परिवारका अरू सदस्यहरूले फोन प्रयोग गर्छन, मलाई स्क्रिन लक् खोल्न आग्रह गर्छन्। तर अहिले म आफ्नो उपकरणमाथि एउटा हक बनाउन चाहन्छु। अरूले पनि प्रयोग गरुन् भन्ने म चाहन्नँ। फोनमा पासवर्ड सेटिङबारे थाह पाउँदा म असाध्यै खुसी भएँ। म आफ्नो श्रीमानसँग पनि पासवर्ड सेयर गर्दिन । चाहेको जुनसुकै समयमा पनि आफ्नो पासवर्ड परिवर्तन गर्न सक्षम भएकी छु ।मैले भिडियो कल गर्ने सेटिङबारे पनि सिकें। मैले स्क्रिनलक र स्क्रिनअफ टाइमर राख्न पनि सिकें। अब देखि डिजिटल सुरक्षा बानीलाई निरन्तरता दिने आशा राखेकी छु।

 

 

 

 

 

 

 

आशपति कुमारी – इन्टरनेटको खुसि

 

 

मधेशको युवा महिलाको पहिचानले गर्दा प्रविधि र इन्टरनेटको तपाईको अनुभव कस्तो रहेको छ?

हाम्रो समुदायमा इन्टरनेट प्रयोग गर्न केटीहरुको लागि प्रतिबन्ध गरिएको छ। छोरीलाई मोवाइल फोन उपलब्ध गराइएको छ भने ऊ बिग्रेको अनुमान गरिसकेको हुन्छ । त्यसैले म स्कूलमा छँदा अनलाइन अध्ययनगर्न समेत पाएको थिएन। त्यतिबेला मलाई डिजिटल अधिकारको कुराहरुबारे थाहा थिएन । कसरी इन्टरनेट प्रयोग गर्ने, फेसबुक एकाउन्ट खोल्ने भन्ने सवालमा पनि अज्ञात थिएँ । मैले मोबाइल फोन प्रयोग गरेको एक वर्ष (१० महिना) भन्दा बढी भएको छैन । म सानै हुदा आफ्नो गाउँमा फोन प्रयोग गर्ने मौका पाइनँ । त्यसपछि मेरो स्नातक तहको शिक्षाको लागि बिरगंज आएँ । म उच्च माध्यामिक विद्यालयमा (कक्षा १२) मा पढ्दै थिएँ । साथीहरूलाई मेरो फेसबुक एकाउन्ट छैन भनेर भन्थे र एउटा एकाउन्ट खोल्न सहयोग गरिदिन भन्थ्ये । उनीहरु भने मलाई जिस्काउने गर्थे र ‘यो उमेरमा तिमीलाई फेसबुक चलाउन जान्दैनौ’ भन्थे  ।

प्राविधिक लाभको उपलब्धता र पहुँचको सन्दर्भमा हाम्रो गाउँ पिछडिएको छ। समता  फाउण्डेसनले फोन वितरणको कार्यक्रम लिएर आएपछि बिस्तारै परिवर्तन भयो । त्यसपछि मैले फेसबुक, ह्वाट्सएप र जुम जस्ता एपहरुको बारेमा सिक्न र परिचित हुन थालेँ। लकडाउन भएको बेला हामी जूम मार्फत भेटघाट र छलफलहरू गर्थ्यौं । त्यतिबेला मलाई कुनै पनि एपबारे थाहा थिएन र हामीले अनलाइन कक्षाहरू लिनुपरेको थियो। यो एप प्रयोग गर्न नआएपछि मैले दुई दिन कक्षा बस्न पाएन। म चिन्तित थिएँ र मेरो शिक्षकले मलाई फोन गर्नुहुन्थ्यो। अनि मैले एक जना दाईबाट मदत पाएँ ।

 

 

 

प्रविधि र इन्टरनेट प्रयोग गर्न सिक्ने क्रममा सबैभन्दा राम्रो पक्ष के भएको छ?

म पहिलो पटक फोन प्रयोग गर्नेबारे एकदमै अविस्मरणीय कुरा भनेको जूम एप थियो। विभिन्न ठाउँमा बसोबास गर्ने मेरो साथीहरूसित एक्कैचोटि जोड्ने विशेषता देखेर म छक्क परें। हाम्रा ५ साथी पर्साका हुन् । हामी मिल्ने साथीहरू मिलेर ह्वाट्सएपमा एउटा समूह बनाएर कुराकानी गऱ्यौं। मलाई असाध्यै मजा लाग्यो र हामीले धेरै रमाइलो गऱ्यौं।

 

 

तपाईंले फेमिनिस्ट टेक एक्सचेन्ज मधेशको बारेमा कसरी थाहा पाउनुभयो र यहाँको तपाईंको यात्रा कस्तो रह्यो?

मैले आफ्नो शिक्षकबाट डिजिटल सुरक्षा कार्यशाला: प्रविधि र डिजिटल स्पेस सुरक्षाको बारेमा थाहा पाएँ र यसका लागि आवेदन फारम भर्न सुझाव दिनुभयो । मैले फोन राम्रोसँग प्रयोग गर्न नसक्ने भएकोले फारम खोल्न र पूरा गर्नमा निकै सङ्घर्ष भएको थियो । के गर्ने भनेर थाह पाउन मात्र मलाई एक हप्ता लाग्यो । फारम पेश गर्ने अन्तिम दिन थियो र भर्नुअघि मैले आफ्नो नोट कापीमा सबै प्रश्नहरू सारे। बेलुकी ५:०० बजे लेख्न थालें र बल्ल राति ८ बजेसम्म फारम भरेर पेश गरेँ ।

 

 

 

फेमिनिस्ट टेक एक्सचेन्ज मधेशमा आफ्नो अनुभवलाई कसरी वर्णन गर्नुहुन्छ?

डिजिटल वर्कसप अघि मलाई फोनमा विभिन्न म्यानेजमेन्ट सेटिङका बारेमा थाहा थिएन। फेसबुकमा एउटा बलियो पासवर्ड राख्नु र स्क्रिन लक प्रयोग गर्नुबारे बुझे। यस कार्यशालाले मलाई फेसबुकको प्रयोग, सुरक्षा सुनिश्चित गर्ने बिधि, गोपनीयता सेटिङ आदि गरेर जानकारी निजी राख्ने बारेमा अझ बढी सिक्ने मौका पाएँ । मेरो विचारमा यस्ता कार्यक्रमहरू हाम्रो लागि आवश्यक छ, वास्तवमा सबैको लागि । यसको बारे केहि ज्ञान नभएका लागि मात्र होइन, नियमित रुपमा मोबाइल फोन प्रयोग गर्नेहरुका लागि पनि महत्वपुर्ण छ ।

 

 

 

 

रेखा सिंह महतो – डिजिटल अनुभवहरु

 

 

मधेशको युवा महिलाको पहिचानले गर्दा प्रविधि र इन्टरनेटको तपाईको अनुभव कस्तो रहेको छ?

म एक मधेसी महिला भएकोले, इन्टरनेट र डिभाइसको पहुँचको सन्दर्भमा मेरो अनुभव के छ भने, परिवार शिक्षित भए पनि सकारात्मक भन्दा पनि इन्टरनेटका नकारात्मक पक्षलाई हेरेर सदस्यहरुको दबाब र संरक्षणवादी मनोवृत्ति सधैँ रहन्छ । एक शिक्षित महिला भएकोले र हाल पत्रकारितामा स्नातक तहको पढाईमा लागेकोले, म मोबाइल फोन प्रयोग गर्छु र म जुनसुकै बेला पनि इन्टरनेटको प्रयोग गर्न सक्षम छु। यसो गर्दा मेरो परिवारजनहरुले मैले आफ्नो समय खेर फालिरहेको छु र यो मेरो जीवनको महत्त्वपूर्ण भाग होइन जस्तो ठान्छन्। मेरो परिवारले मैले इन्टरनेटमा आफ्नो समयको सदुपयोग गरिरहेको छैन भन्ने सोचाइ राख्छन्।

गाउँमा हामी आफ्नो घरबाहिर बसेर मोबाइल फोन चलाउँथ्यौं। त्यतिबेला छिमेकका अन्य मानिसहरू पनि, विशेष गरी बाहिर आउने महिलाहरू घरमा केही काम नभएर बाहिर डुल्न निस्कन्थे । मेरो परिवारलाई भन्थे कि तपाईंको छोरीले फोन प्रयोग गरेर सबैभन्दा बढी वा २४ घण्टा बिताइरहेकी छिन् । ऊ के गर्छिन्? ऊ हरपल इन्टरनेटमा छिन् र बिग्रनेछिन् । यसले मेरो परिवारका सदस्यहरूलाई सुरक्षात्मक कदम चाल्न पनि दबाब दिन सक्छ। हामीले इन्टरनेटको प्रयोगबारे उनीहरूको विचारलाई सकारात्मक तरिकाले परिवर्तन गर्ने कोसिस गरेतापनि तिनीहरूको टिप्पणीले यस प्रयासलाई नकारात्मक ढंगमा ढल्काउने  गर्छ। समाज सधैं कुनै पनि विषयमाथि नकारात्मक विचारहरू लागू गर्न खोज्छन् । हामी कति पटक प्रयास गर्छौं तर यसले काम गर्दैन। बरु नकारात्मक पक्ष नै जित्न पुगेको हुन्छ किनभने तपाईंले बारम्बार कुनै कुरा सुन्नुभयो भने त्यसको दिमागमा झलझली आउनेछ । यसैकारण हाम्रो समुदायमा तिनीहरूलाई इन्टरनेटमा डिजिटल सरसफाइ वा सुरक्षा अभ्यासहरू जस्तै डेटा गोपनीयता, सुरक्षा आदिबारे थाहा छैन। 

 

 

फेमिनिस्ट टेक एक्सचेन्ज मधेशको पहुँच विस्तार गर्न तपाईंसँग कुनै सुझाव छ?

कार्यशालाको सन्दर्भमा कुरा गर्ने हो भने, मेरो विचारमा यी कुराहरू युवा समूहहरूमा ध्यान केन्द्रित गरेर गर्नुपर्छ, किनकि यो कार्यक्रममा वयस्क तथा वृद्ध लगायत विभिन्न उमेरका महिलाहरूको समूह थियो। इन्टरनेटको प्रयोग गर्ने युवाहरू नै हुन् र तिनीहरूले आफ्नो समय प्रायजसो यसैमा बिताउँछन्। अहिलेसम्म मैले हाम्रो डेटा प्रयोग गर्ने वा हाम्रो डेटा बेच्ने प्राविधिक कम्पनी तथा एप्लिकेशनहरूबारे बुझेको छु । यो कुरा मेरा साथीहरूलाई थाह नहुन सक्छ । मेरा साथीहरूले पनि यी कुराहरूबारे ज्ञान पाउन सकेको भए बेस हुनेथियो । आजकल अनलाइन परिचय ह्याक गर्ने, नक्कली खाता बनाउने, अनैतिक सन्देश पठाउने, चुरोट खाएका फोटो (परिवारका सदस्यलाई पठाउने) सहमतिबिना पोस्ट गर्ने, गोपनीयतालाई महत्त्वो नदिने, जबर्जस्ती काम गर्न सहमत नभएमा फोटो राख्नका लागि ब्ल्याकमेलिङ गर्ने जस्ता मुद्दा आगाडी आएका छन्। त्यसकारण, यसबारे युवा समूहहरूलाई सचेत गराउनुपर्छ र यो प्राय जसो युवावस्थाको लागि महत्त्वपूर्ण छ। 

एकजना व्यक्ति बाराबाट आएका थिए। हामीले युवाको बारेमा विभिन्न विषयमा कुरा गर्यौं र हाम्रो समाजमा भइरहेका समस्याहरूबारे गम्भीरतापूर्वक विचार गऱ्यौं। मानव अधिकार रक्षकहरूलाई (राजनीति र अन्य आन्दोलनहरूको)  र म सामान्य पत्रकारको रूपमा अधिकृत निकायहरूले गर्ने ब्यबहारमा भिन्नता देख्न सकिन्छ। पत्रकारको हैसियतमा मैले उनीहरूलाई आफ्नो परिचय पत्र देखाए तापनि ब्यबहार भने अर्कै थियो। म भर्खरको  युवती भएर सानै होला भन्ने मानिसहरूको पूर्व-मानसिकता बनिसकेको थियो। युवा पनि समाज, राष्ट्रको विकासको हिस्सा हुन सक्छ । तिनीहरूको चासो पनि बुझ्नुपर्छ वा तिनीहरूको लागि केही प्रबन्ध वा प्रोत्साहनको सुबिधा हुनुपर्छ । प्रहरी चौकीमा जाने ठुलो शक्ति र पावरमा रहेका महिलाहरुलाई ध्यान र सुरक्षा दिने तर अन्य पृष्ठभूमिका अन्य महिलाहरु त्यति महत्वपूर्ण छैनन् भन्ने मनसाय छ। हामी जहिले धेरै जसो क्षेत्रमा सचेतनामूलक कार्यक्रम लैजाने क्रममा, हामीले परिवार, समुदाय, सरकारी पदाधिकारी लगायतबाट दबाब खपी रहेका हुन्छौ। त्यो बेला हामीले प्रतिनिधित्व गरिरहेको एनजीओले हामी कुनै समस्या वा कठिनाईमा परेको बेलामा हामीलाई बचाउन आउँदैन। हामीलाई स्थानीय आधिकारिक निकायहरूको नै मदत चाहिन्छ र यसको लागि तिनीहरूको कार्य प्रणालीमा केही परिवर्तनहरू ल्याउनुपर्छ।

 

 

 

अर्चना दर्जी – मधेशमा डिजिटल अधिकार र महिला पत्रकारहरू

 

 

मधेशको युवा महिलाको पहिचानले गर्दा प्रविधि र इन्टरनेटको तपाईको अनुभव कस्तो रहेको छ?

म एक पत्रकार हुँ र यस क्षेत्रमा काम गर्दै आएको झण्डै ५ वर्ष भैसक्यो। मेरो आफ्नै अनुभव र सहकर्मीहरूले भन्नुभएको कुरालाई विचार गर्दा पुरुष साथीको तुलनामा हामीले अझ बढी खतराको सामना गर्नुपर्छ। महिलासंग सम्बन्धित विभिन्न विषयहरूमा लेख्दा, आवाज उठाउदा र अनलाइन समाचार पोर्टलहरूमा वा हाम्रो व्यक्तिगत खातामार्फत पोस्ट गर्दा हामीलाई अक्सर खतरा हुन्छ र यो हाम्रो अभिव्यक्तिको स्वतन्त्रतामाथि कटौती भएको जस्तो देखिन्छ। अविवाहित भएको कारण यस क्षेत्रमा व्यस्त हुँदा मैले थुप्रै समस्याहरूको सामना गरेको छ तर विवाहित महिलाहरूले पनि केही खतरा भोग्छन् । यस पेशामा (रिपोर्टिङ र वकालत) संलग्न भएपछि हामीले कुनै पनि जोखिम उठाउन तयार हुनुपर्छ जुन आन्तरिक (हाम्रो आफ्नै परिवारका सदस्यहरूबाट) र बाहिरी (पीडकको पारिवारिक पृष्ठभूमि, समाज, अन्य आधिकारिक निकाय) वातावरण जसमा पूर्वाग्रह, प्रतिबन्ध, दमन, मृत्यु र अन्य जोखिमहरू समावेश छन् । त्यसकारण कुनैपनि खतराको सामना गर्दा होसियार रहन र प्रभावकारी ढंगमा काम गर्न हामीले आफुलाई तयार गर्नुपर्छ। पिडित महिलाहरूसित छलफल गर्दा उनीहरूले सुनाएका अनुभवहरूले मलाई भावनात्मक तवरमा छुन्छ र उनीहरू मभन्दा बढी असुरक्षित रहेछन् भन्ने बुझें। जब हामी पीडित महिलाहरूको पक्षमा बोल्छौं र वकालत गर्छौं वा पितृसत्तात्मक प्रक्रियाको विरुद्धमा आवाज उठाउँछौं, हामीलाई नारीवादी र विषाक्तको रूपमा ट्याग लगाइन्छ। यति सम्मकि आफ्नै कार्यथलोबाट पनि पक्षपात हुन्छ । विशेषगरी मधेशका महिलाहरूलाई बिग्रिसकेको भनेर मानिसहरूमा विचारधारा बनेको छ । पुरुषहरूलाई मध्य रातमा अथवा कुनै पनि समयमा रिपोर्टिङका लागि जान अनुमति दिइएको छ तर महिलाहरूलाई दिइएको छैन। उनीहरूलाई अक्सर परिवारले (खतरा र जोखिमको सामना गर्न नचाहदै) किन जानुपर्ने? यो duty (सुरक्षात्मक लेन्सले) को समय होइन भनेर रोक्ने गर्छन ।

 

महिला पत्रकारहरुले डिजिटल सुरक्षाबारे जान्न किन आवश्यक छ ?

महिला भएर अझै पनि परिवारमा आफ्नो पति वा पुरुष सदस्यको आज्ञा पालना गर्नुपर्ने जस्ता रुढिवादी मानसिकता छ । महिला भएर मौन रहनुपर्छ र शिष्ट, असल बन्नुपर्छ भन्ने सिकाउछन् । महिलाले मात्र महिलाको संघर्ष र पीडा बुझ्न सक्छन् र यस्तो चेतना बढ्दै गएको पनि पाईन्छ। ‘पोथी बाँसेको सुहाउदैन’ एउटा उखान हो जुन प्रायः व्यङ्ग्यात्मक तरिकाले प्रयोग गरिन्छ। यसले हामीलाई मानसिक तवरमा असर पुर्याएको छ र कामलाई निरन्तरता दिनुअघि हामीले १ वा २ महिना समय लिनुपर्छ । बाहिर जाँदा कुनै व्यक्तिले मलाई हेर्यो भने पनि असजिलो र असुरक्षित महसुस हुन्छ। तर यी सबै जोखिम र समस्याहरूको सामना गर्दै पनि महिला पत्रकारहरूले (पुरुषको तुलनामा कम संख्या भएको) आफ्नो काम रोकेका छैनन् र अझै पनि आफूलाई समर्पण गरिरहेका छन्। मैले अहिलेसम्म हरेस खाइनँ र सकेसम्म काम गरिरहेको छु । महिला भएको हुनाले महिलाहरूसँगको भावनात्मक लगावका कारण हामीले मात्र उनीहरूको समस्याप्रति समानुभूति देखाउन सक्छौं र हामी पुरुष पत्रकारमा मात्र निर्भर हुन सक्दैनौं भन्ने कुरापनि थाहा पायो।

प्रायजसो अवस्थामा, सञ्चार गृहले महिलाहरूको विषयमा र पितृसतात्मक धारणाहरु विपरीत कुराहरुबारे समाचार प्रकाशन गर्न इन्कार गर्छन । हामी जस्ता महिला पत्रकारहरुका लागि यस्तो डिजिटल सुरक्षासम्बन्धी कार्यशाला र तालिम महत्वपूर्ण छ किनकि हामीले कुनै पनि बेला निश्चित र अनिश्चित जोखिमको सामना गर्नुपर्दछ । इन्टरनेट, उपकरणहरू र सोशल मीडिया प्लेटफर्महरूको पहुँच हाम्रो सुरक्षाको आश्वासन दिने माध्यम हुन सक्छ र हामीले यसको प्रयोग गरेर हाम्रो आवाज सुन्न वा व्यापक जनसंख्यासम्म पुर्याउन मदत गर्छ। यदि मेरो कुरा सुन्ने कोही छैन भने पीडितलाई कुनै हानी  नपुऱ्याई आफ्नो वा अरूको कथा व्यक्त गर्ने माध्यम हुन सक्छ।

 

 

 

 

 

 

ज्योति साह – अनलाइन हिंसाका अनुभवहरू

 

मधेशको युवा महिलाको पहिचानले गर्दा प्रविधि र इन्टरनेटको तपाईको अनुभव कस्तो रहेको छ?

म मेरो परिवारकी एक मात्र अविवाहित केटी भए तापनि इन्टरनेटमा पहुँच प्राप्त गरेकी छु । अविवाहित केटीहरूले इन्टरनेट प्रयोग गरेमा बिगार्छन् भन्ने विश्वास गरिन्छ । तर इन्टरनेट मेरो लागि कत्तिको लाभदायी भएको छ भनेर मलाई मात्र थाहा छ। यसले मलाई सामाजिक क्षेत्रमा काम गर्ने केटीको रूपमा पहिचान स्थापित गर्न मदत गरेको छ। थप यसले मेरो लागि विभिन्न अवसरहरू सृजना गरेको छ ।

 

इन्टरनेट प्रयोग गर्दा तपाईको अनुभव कस्तो रहेको छ?

इन्टरनेटको दुरुपयोग गर्ने मानिसहरूको कारणले कहिलेकाहीं हामीलाई यसको प्रयोग नगर्न प्रोत्साहन दिईरहेको हुन्छन् तर यो मेरो कारणले होइन भन्ने कुरा मैले बुझेकी छु। मैले चिनेको एक जना व्यक्तिले सोसल मीडियामार्फत दुर्व्यवहारपूर्ण टिप्पणीहरू, सन्देशहरू पोस्ट गरेर अथवा मलाई पठाएर दुर्व्यवहार गर्न थालेको थियो। मैले भिडियो डाउनलोड गर्न नमिल्ने सेटिंग पारेको थिएँ तर उसले मेरो भिडियो डाउनलोड गर्न सक्षम भएर आफ्नो TikTok मा पोस्ट गर्यो।  यो एपले मलाई असुरक्षित महसुस गरायो । मैले यो कुरा साथीहरुलाई बताएँ र उनीहरुलाई पनि रिपोर्ट गर्न लगाए । त्यसपछि  उसको खाता बन्द भयो । तर उसले  मेरो प्रोफाइलको जस्तै विवरण प्रयोग गरेर मेरो नक्कली नामबाट नक्कली खाता बनायो र मेरा तस्वीरहरू पोस्ट गर्न थाल्यो । उसले थुप्रै केटा र मेरो एक जना साथीसित पनि कुराकानी गर्न थाल्यो र त्यो खाता प्रयोग गरेर पैसा माग्यो । तिनले मेरो नाउँ प्रयोग गरेर विवाह गर्ने प्रतिज्ञा पनि गरेका थिए। त्यही साथीले च्याट गरेको सबै कुरा बताए । त्यसपछि मैले यसबारे थाहा पाएँ कि एकजना केटाले मलाई धम्की दिन र पछ्याउन थाले । तर म निडर भएर उसका सन्देशहरूको सबै स्क्रिनसट लिएर प्रहरी कहाँ गएँ र मुद्दा सुल्झियो ।