भोइसेस अफ विमेनस् मिडिया तेक्नोहबभोइसेस अफ् विमेनस् मिडिया (Voices of Women's Media) को टेक्नोहब (TechnoHub) भन्ने कार्यकममा हामीले काठमाडौंको केहि सरकारी विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका ५० छात्राहरु संग काम गर्ने मौका पायौं । दुई दिनमा हामीले डिजिटल अधिकारका विभिन्न पक्षहरू तथा अनलाइन हुने लैंगिक हिंसा तथा त्यस विरुद्ध लड्ने तरिका र उजुरी गर्ने प्रकृया बारे छलफल गर्यौं । हामीले सहभागीहरूसंग हाम्रो लागि इन्टरनेटको महत्व र सोको प्रयोग गर्दा हामी कसरी सुरक्षित रहन सक्छौं भन्ने विषयमा थप कुराकानी गर्ने मौका पायौं ।
यौनिकता, लैंगिकता तथा अधिकार इन्सटिच्युट, २०२२ मा लैगिकता, प्रविधि, यौनिकता र इन्टरलिङ्कस्शक्तिसंरचनाको विरुद्ध दीगो फेमिनिस्ट अभियानको परिकल्पनाका लागि कार्यरत संस्था लूम नेपालले डिसम्बरमा आयोजना गरेको यौनिकता, लैंगिकता तथा अधिकार इन्सटिच्युट २०२२ मा बडी एण्ड डाटाले पनि "लैगिकता, प्रविधि, यौनिकता र इन्टरलिङ्कस्" मा सेसन लिएको थियो । सो कुराकानी मार्फत युवा महिला र क्वेर अभियन्ता र समुदायहरूसंग इन्टरनेट, सुरक्षा, यौनिकता, लैंगिक तथा यौनिक खोजीको साथसाथै इन्टरनेट र प्रविधि चलाउने विभिन्न तरिका र आफ्ना अनुभवहरूबारे पनि गफ भयो ।
मार्टिन चौतारी कन्फरेन्स २०२२मार्टिन चौतारीद्वारा आयोजित चौतारी कन्फरेन्स २०२२ मा बडी एण्ड डाटाले "स्वतन्त्र अभिव्यक्ति: नेपालमामा अनलाइन तथा यौनिक अभिव्यक्तिलाई नियमनकरण गर्ने कानूनको अध्ययन" को प्रस्तुति गर्यो । सो प्रस्तुतिले स्वतन्त्र अभिव्यक्तिको अधिकार सम्बन्धी रहेका नेपाली कानुनहरूको विश्लेषण र कसरी सामाजिक मर्यादा, अश्लीलता, नैतिकता, राष्ट्रिय एकता र सुरक्षाजस्ता विषयलाई टेकेर महिला, क्वेर व्यक्ति र सीमान्कृत समूहहरूको अभिव्यक्तिमा असर पार्छ भनेर शुक्ष्म रूपमा अध्ययन गरेको थियो । अध्ययनको पुरानो संस्करण यता ।
एसिया २१ युवा लिडरस्हाम्रो टिमको शुभ २०२२को एसिया २१ युवा लिडरस्को समूहमा चयन हुनुभयो। टोकियो जापानमा नोभम्बर ३० देखि डिसम्बर ४ सम्म भएको यस वर्षको वार्षिक सम्मेलनमा सहभागी हुनुभएको थियो । २०२२ को समूहमा आफ्नो क्षेत्रमा नेतृत्व गर्ने विभिन्न संचारकर्मी, मानव अधिकार अभियन्ता, उद्यमी, लेखक, राजनीतिक नेता, आदिको समावेशी थियो ।
फेमिनिस्ट डिजिटल अधिकार र न्याय बारे क्षेत्रिय अधिवेशननोभम्बरमा आयोजना गरिएको फेमिनिस्ट डिजिटल अधिकार र न्याय बारे क्षेत्रिय अधिवेशनमा बडी एण्ड डाटाले भाग लियो । क्षेत्रिय तहमा डिजिटल अधिकार र न्यायको फेमिनिस्ट परिपेक्षमा परिभाषित गरि माग गर्ने अभियानहरूको सुदृढिकरण गर्न यस अधिवेशनको आयोजना गरिएको थियो । दक्षिण एसिया पेसिफिकमा रहने विभिन्न महिला, सीमान्कृत समूहका व्यक्तिहरू तथा डिजिटल अधिकारको क्षेत्रमा कार्यरत व्यक्तिहरू जम्मा भई डिजिटल अधिकार सम्बन्धी बढ्दो डिजिटल अधिनायकवाद, अनलाइन हिंसा, गिग अर्थतन्त्र र महिलाहरूको जीविकामा त्यसको प्रभाव, आदि जस्ता विषयमा क्षेत्रिय स्तरमा छलफल भयो । हाम्रो टीमबाट रीताले सो अधिवेशनमा समावेश भई एसिया भरीबाट आउने अरु सहभागी संग आफ्नो आफूले देखेको डिजिटल अधिकारका उल्लङ्घनहरू तथा कामका अनुभवहरू आदनप्रदान गर्दै सीमान्कृत समूहका व्यक्तिहरूको तर्फबाट न्यायको बुझाईलाई पुनरावलोकन गर्नुपर्छ भन्ने विषयमा छलफल गर्नुभयो ।
ILGA (इल्गा) एसिया सम्मेलन २०२२"हाम्रो कष्ट, हाम्रो विजय, र हामीले मागेको भविष्य" भनेर ILGA (इल्गा) एसिया सम्मेलन २०२२ भियत्नाममा आयोजना भएको थियो र यसमा बडी एण्ड डाटाले पनि भाग लिएको थियो । एसिया र पेसिफिक भरिका क्वेर अधिकार अभियन्ताहरू र मानव अधिकारकर्मीहरूले LGBTQIA+ व्यक्तिहरूले भोगेका विभिन्न द्वन्द्व र संकटकालका कथाहरू, आफ्नो अस्तित्व, विश्वाश, संस्कृति र समावेशिता तथा राष्ट्रिय, क्षेत्रिय र अन्तर्राष्ट्रिय तहमा कानुनी समानताको खोजी संगै २०३० SDG एजेन्डामा क्वेर अधिकारलाई जोड दिने जस्ता विषयमा कुरा भयो । छलफल क्वेर अधिकारमा केन्द्रित भएता पनि डिजिटल अधिकार र क्वेर अधिकार दुवै समेटेर बडी एण्ड डाटाले समग्रमा छुट्न सक्ने विषयहरूलाई पनि अघि ल्याउन सफल भयो । |