कथाका कुरा एउटा डिजिटल स्टोरीटेलिङ्ग कार्यशाला हो जसमा डिजिटल माध्यम (भिडिओ वा अडियो)को प्रयोगबाट व्यक्तिको कथा र उनका जीवित यथार्थ र अनुभवहरु केलाउछौ | यस कार्यशाला मार्फत हामीले मुलधार स्टोरीलिङ्गको संस्कृति र अभ्यासमा सिमान्तकृत पारिएका कथाहरुलाई अगाडी ल्याउने प्रयास गर्छौ | यस वर्षको कथाका कुरामा हामीसंग १५ प्रेरणादायक व्यक्तिहरुसंगको काममा डिजिटल अधिकार, पहिचान, आदिवासी जनाजाति, शरीर छवि, फेमिनिस्म, मानसिक स्वास्थ, व्यक्तिगत सम्बन्ध र प्रतिबिम्ब जस्ता विषयवस्तुमा १४ वटा सुन्दर कथाहरु सिर्जना गर्यौं | आफुलाई महत्व लाग्ने कथालाई केन्द्रमा राखि विभिन्न वैकल्पिक कथाहरुको सह-सिर्जना गर्न क्वेर व्यक्ति, कलाकार, महिला, लेखक, कवि, पत्रकार, अपाङ्ग अधिकार अभियन्ता, इत्यादीहरुको उपस्थितिमा एउटा सुरक्षित ठाउँको पनि सिर्जना र अभ्यास गर्यों | हालमा केहि कथाहरु हाम्रो सामाजिक संजाल र वेबसाईटमा प्रकाशित गर्दैछौ | |