डिजिटल अधिकार कै क्षेत्रमा काम गर्दै आएको संस्था बडी एण्ड डाटाले, गत सन् २०२१ देखि नेपाली परिवेशमा डिजिटल अधिकारको अवस्था कस्तो छ भन्ने विषयको अनुगमन थालनी गरेको छ । हामी डिजिटल अधिकारको अबस्था मापन सहित यस वार्षिक मिडिया अनुगमन प्रतिवेदन २०२१ प्रस्तुत गर्दछौं । जसको उदेश्य मिडियामा डिजिटल अधिकार सम्बन्धि सम्प्रेषित खबरहरुको बिषयबस्तु र प्रबित्ति मापन गर्नु, दस्ताबेजिकरण गर्नु र डिजिटल अधिकारका पक्षहरुमा बिशेषगरि अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता, हिंसारहित बाच्ने अधिकार, इन्टरनेटमाथिको पहुँच इत्यादिलाई नेपाली मानव अधिकारको परिबेशमा अझै उजागर गर्नु हो ।

यस वर्ष,  हामीले नेपालमा डिजिटलाईजेसनको असर, इन्टरनेटको सर्वसुलभ पहुँच, अनलाइन गोपनियता, डिजिटल थलोमा अभिव्यक्ति स्वतन्त्रता र प्रविधिमा आधारित/ अनलाइन हिंसाको बारेमा अन्वेषण गरेको छौँ।

 

 

पहुँचयुक्त भर्जन (Acessible version) को लागि यो लिंकमा क्लिक गर्नुहोस – लिंक