मार्चमा, हामीले "लिङ्ग, समाज र प्रविधि: लैङ्गिक दृष्टिकोणबाट एक विश्लेषण" कार्यक्रम आयोजना गर्यौं, जसमा कविता बाहिंगले संचालित गर्नुभएको थियो। कार्यक्रमका वक्ताहरु दिक्क्षा खड्गी, रीता बरामु र सरिता लामिछाने प्यानलमा बोल्नुभएको थियो। विशेष गरि पहुँच, डाटाको गोपनीयता, अन्तरसम्बन्धको दृष्टिकोण, जातीय र लैङ्गिक भेदभावमा छलफल भएको थियो र फेमिनिस्ट इन्टरनेटको सिद्धान्तमा आधारित कुराकानी भएको थियो । कार्यक्रमको अन्त्यमा विशेष वक्ता रुक्शाना कपाली र आभा क्षेत्रीले डिजिटल आन्दोलनमा क्वेयर अधिकार र यौनकर्मीको अधिकारको वकालतको सम्बन्धको बारेमा प्रकाश पार्नुभयो। |