हामीले प्रकाशन गर्ने आयुक्त सामग्रीहरुको मुख्य उदेश्य भनेको हामीले काम गर्ने समुदाय विशेष गरी महिला, क्वेर व्यक्तिहरू र नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक संरचना भन्दा बाहिर परेकाहरूबाट लेखिएको परिप्रेक्ष्य, कथाहरू र जीवित यथार्थहरू सुन्नको लागि नै हो । यस पालीको लागि, हामीसँग एउटा मूलत लेख जसको शीर्षक “नेपालमा नागरिक पत्रकारिताको बृहत्तर परिवेश” वर्षा बारालद्वारा लिखित र विभुबाट खस नेपाली भाषामा अनुवाद गरिएको, यो लेख प्रेस स्वतन्त्रता कुण्ठित भएको अवस्थामा नागरिक पत्रकारितालाई महत्वको दिदै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पोस्ट गरिएको थियो । राष्ट्रिय हस्तमैथुन (मास्टरबेशन) दिवसको अवसरमा, महिमाद्वारा लेखिएको “My Curiosity led to Discovery- Discovery of Self- Pleasure” जसले आफ्नो जीवनमा अहिलेसम्म हस्तमैथुनसँग जोडिएको मिथ अथवा अरुकुरालाई नेभिगेट गर्ने र यौन अभिव्यक्ति र आनन्दको बारेमा खुलेर कुरा गर्ने दृष्टिकोणले लेखिएको छ । अग्रणीले बनाएका “I am You” डिजिटल चित्रले अनलाईन हिंसाको बारेमा दर्सौन्छ जुन धेरै जस्तो सबैको जीवनमा संधर्विक हुन आउँछ । यतिमात्र नभएर जब USमा गर्भपतनको अधिकारको मुद्दा चलिरहेको थियो, त्यतिबेला पूजाद्वारा लेखिएको "Fear of Using a Menstrual Cup" सामग्री सामाजिक संजालमा भएको निगरानी र आफ्नै ब्लगमा हटाउने यस्तै प्रयासहरूको सामना गरिसकेकी उनले आफ्नो महिनावारी कपसँगको प्रारम्भिक डरलाग्दो मुठभेड, इन्टरनेटमा यसको बारेमा खोज्ने अनन्त जोश र अन्तमा कप प्रयास गरेपछिको अनुभव हाम्रो ब्लगमा राखिएको छ । |