See orginal article in English

अनुवादक: बबिता राई

 

मैले तेह्र वर्षको उमेरमा पहिलोपटक आफूबाहेक अरु कसैलाई नांगो अवस्थामा देखेको थिएँ। मेरो अनुमति बिना मलाई पठाईएको त्यो फोटोमा लामो कपाल र गोरो शरीर भएको महिलालेह हस्तमैथुन गरिरहेको तस्बिर थियो । त्यो फोटो मलाई  एकजना अञ्जान वयष्क पुरुषले फेसबुकमा पठाएको थियो जोसँग अगाडि मेरो थोरै मात्र कुराकानी भएको थियो। मैले त्यस तस्बिरलाई  हेरेँ, एकैछिन अलमलमा परे र स्क्रिनमा यस्तो अवस्थाको महिला देखेर मलाई असाध्यै घिन लाग्यो। योभन्दा पनि धेरै घिन चाहिँ आफ्नै योनी कस्तो देखिन्छ भनेर समेत थाहा पाइनसकेको तेह्र वर्षकी बालिकालाई यस्तो फोटो पठाउने पुरुषको दुस्साहस देखेर लाग्यो। अहिले मलाई त्यस पुरुषको नाम सम्झना नभएपनि हतारमा ब्लक गरेको सम्झना भने छ। यस्तो दुर्भाग्यले भरिएको तीतो घटनाबाट मेरो इन्टरनेट र यौनिकताको आफ्नै यात्रा सुरु भयो।

मैले सोह्र वर्षको उमेरमा मेरो पहिलो मोबाइल फोन पाएको थिएँ। मेरो आमाबुवाले मलाई एसएलसी पछि मात्र मोबाइल किनिदिन मान्नुभएको  थियो (त्योबेला यस्तै चलन हुन्थ्यो नि याद छ?)। मलाई त्यसबेला इन्टरनेटको सबैभन्दा मनपर्ने ठाउँ वाटप्याड (wattpad) थियो, जसमा प्राय मेरै उमेरसरहका महिलाहरुले लेखेका इरोटिक (यौनिक ) कथाहरु हुने गर्दथे, मानौ यौनिक कथाहरुको ‘प्यान्डोरा बक्स’ जस्तो । ‘गुड गर्ल’ र ‘ब्याड ब्वाइ’का कथादेखि  वेरवुल्फहरूको रोमान्स देखि  ह्यारी र ड्रोकोको ‘होमोइरोटिक’ अर्थात समकामुक फ्यान-फिक्सन सम्मका कथाहरुले मेरो किशोर अवस्थाको कल्पनाहरुलाई  उत्तेजित बनाउन निकै मदत गरे । तर यो बेलासम्म पनि मेरो औँलाहरुले कथाका अर्को पान्नामा जानका लागि स्क्रिनमा थिच्ने बाहेक अरु केही गर्न सकेका थिएनन्।

म उन्नाइस वर्षको हुँदा इन्टरनेटमा पहिलोपटक गुमनाम (एनोनिमस) एप मार्फत एकजना नचिनेको व्यक्तिलाई मेरो नांगो फोटो पठाएको थिएँ। मलाई अलि अप्ठ्यारो लागेको थियो। मलाई मेरा हातहरु कहाँ राख्न ठ्याक्कै  थाहा थिएन। म चुप लागेर उभिन्ने कि? अनुहार सेक्सी पो बनाउनु पर्ने  कि? मैले सेक्सी अनुहार बनाउन सक्छु कि सक्दिनँ भनेर समेत थाहा थिएन। मैले मेरो  स्तनमा हात राखेको सेल्फी नै पठाउने निधोमा पुगेँ। उसले मलाई पनि आफ्नो फोटो पठायो। मैले कसैको लिंग देखेको यो पहिलो पटक थिएन तर पोर्नमा देखेका लिंग भने धेरै नै ठूला, मसिनरी वस्तुजस्ता, प्लास्टिकजस्ता, भाव नभएका, वास्तविक नै नलाग्ने खालका मात्र थिए। यो लिंगले मसंग मिठो कुराकानी गर्न  सक्थ्यो र ‘ड्याडी किङ्क’हरु थिए। उसले थप नांगो फोटो मागिरहेको थियो तर म योभन्दा बढी देखाउन मन लागेन। उसले सहमति जनायो । त्यसपछि हामीले कहिल्यै कुरा गरेनौँ।

म बाइस वर्षको थिएँ जब मेरो प्रेमीले मसँग सेक्स च्याट गरिरहेको बेला केही हिम्मतिलो, साहसिक, मैले पहिले कहिल्यै पनि नगरेको कुरा गर्नको लागि अनुरोध गर्‍यो। मेरो योनीको फोटो! (यो अहिले खासै सेक्सी नसुनिएपनि हाम्रा आँखा र स्क्रिनहरु यौन चाहना र कामुकताले भरिएको बेला निकै रमाइलो भएको थियो)। जब मैले मेरो खुट्टाहरुको बिचमा के छ भनेर देखाउन खोज्दा विभिन्न पोजहरु मिलाउन सकिनँ तब मलाई महशुस भयो कि आफ्नो योनीसँग मेरो कुनै सम्बन्ध नै थिएन।

इन्टरनेट मार्फत यौनिकता र आनन्दसँग धेरैपटक नजिक भइसक्दा पनि वास्तविकतामा यस्तो गर्नको लागि भने कहिल्यै साहस जुटाउन सकिनँ।

 

मेरो लागि हस्तमैथुन सधै डरलाग्दो विचार थियो। जतिबेला म बल्लतल्ल हस्तमैथुन गर्नको लागि उत्सुक भएको महशुस गर्थेँ मलाई तुरुन्तै निषेधित चाहानार डरको भावनाले छोपिहाल्थ्यो। डर मात्रै होइन, डरका मिल्ने साथीहरु लाज र आत्मग्लानी पनि सँगसँगै आउथे। तिनीहरुले सँगै मिलेर मलाई यौन इच्छा राखेको भनी गाली गर्थे। मेरो गोप्य ओछ्यानमा, रातको अँध्यारोमा एक्लै हुँदा समेत मेरो दिमागमा बसिरहने यिनीहरु, बिना निम्तो आएका पाहुना जस्ता थिए। सबैभन्दा धेरै चाहिँ म मेरो शरिरलाई लिएर  निकै असुरक्षित महशुस गर्थेँ। मेरो आफ्नै योनी पनि मेरै लाज र इन्सेक्युरितीकोबन्दी हुन पुग्छ कि भन्ने डर थियो। त्यसैले यसलाई मैले नछोइकनै राखेको थिएँ।

२०२० मार्चको लकडाउनको बेला मैले एउटा  एक घण्टाको युट्यूब भिडियो हेर्न पुगे।  जसमा एक जना युवा महिलाले आफ्नो स्व -आनन्द र वेल बीइंगको लागि एउटा टापूमा यात्रा गरे । यो यौन-सकरात्मक फेमिनिस्टहरुबाट निर्देशित यात्रा रहेको थियो जसको उद्धेश्य उनीजस्ता महिलाहरुले आफ्नो शरिरबारे बुझ्न र आनन्द प्राप्त गर्न थियो। मेरो स्क्रिनमा देखिएको महिला पनि मजस्तै थियो जो आफ्नो शरिरलाई लिएर असुरक्षित महशुस गर्थ्यो। कथा अगाडि बढ्दा, उनले पनि बल्ल स्व-आनन्द महशुस गर्न पाउछ। म, एक नेपालमा बस्ने, पैसा नभएको तर धेरै नै कडा अभिभावक भएको महिलाको “स्व आनद खोज्ने टापुको यात्रा”मा जाने कुनै हैसियत थिएन। तर यस भिडियो र अर्गाजम (कामोत्तेजना ) कस्तो हुन्छ भनेर जान्ने इच्छाले गर्दा लकडाउन सकिनुभन्दा अगाडि नै आफूलाई अर्गाजम दिन्छु भनेर आफैसँग बाचा गरेँ।

मैले त आफूलाई अर्गाजम दिनु भनेको आफ्नो शरिरको बारेमा थाहा पाउनु मात्र हो भनेर सोचेको थिएँ। तर अचम्मको कुरा, यो त यतिमा मात्र सीमित थिएन। मेरो लागि यो आफ्नो यौनिकताको बारेमा पहिल्यै थाहा भएका गलत कुराहरुलाई बिर्सिनु र नयाँ कुराहरु सिक्नु एउटा मौका भयो। हामी युवा महिलाहरुको आफ्नो शरिर र यौनिकतासँग सम्बन्ध नरहोस् भनेर हामीलाई त्यसै अनुरुपका कुराहरु सिकाइन्छ। हाम्रो यौनिकता र कुमारीत्व (भर्जिनिटी) हाम्रो पवित्रता र सम्मानको अर्को नाम हो  रे। हाम्रो प्रतिष्ठा, परिवारको प्रतिष्ठा, समाजको प्रतिष्ठा र देशको प्रतिष्ठासम्म हाम्रो लेबियाको बिचमा झुण्डिएको हुन्छ  रे। रिचा कौल पड्तेले आफ्नो पुस्तक साइबर सेक्सीः रिथिङ्किङ् पोर्नोग्राफीमा उल्लेख गरेजस्तै, “इतिहासभरी र विश्वभरी नै महिलाहरुको पवित्रता र नैतिक गुणलाई राष्ट्रिय र साँस्कृतिक मूल्य जनाउने संकेतको रुपमा प्रयोग गरिएको छ।“

यसबाहेक, युवा महिलाहरु र यौनिकताका कथाहरु सधै हिँसा र पीडाका कथाहरुको छायाँमा परिरहे। ती कथाहरु असाध्यै महत्वपूर्ण भएपनि यदि मैले आफ्नो यौनिकताको बारेमा उत्सुक हुने हिम्मत गरे भने मैले पनि उस्तै पीडा पो भोग्नुपर्छ कि भनेर डर पनि पलायो।

हामीलाई महिलाहरुसँग आनन्दको अधिकार छैन भनेर सिकाइएको छ। यौन र आनन्द हामीले पुरुषलाई दिने चिज हो र यो पुरुषको सेवाको लागि हुनुपर्छ । यो महिलाले स्वामित्व लिन, रमाइलो गर्न र खुसि मनाउन सक्ने कुरा होइन।

यसकारण, आफ्नो योनीलाई आफ्नै अधीनमा राख्ने मेरो यात्रा सुरु भयो। यो यात्रामा मैले ऐना अगाडि बसेर , “योनीका भागहरु” भनेर गुगलमा खोजी गर्दै  योनीको भागहरु छुट्याउने कोशिष गरेँ। पोर्न हेरेर ‘के मान्छेहरुलाई यो साचिकै मनपर्छ?’ भनेर सोध्ने देखि इन्टरनेट इन्कग्निटो मोडमा राखेर ‘हस्तमैथुन कसरी गर्ने?’ भनेर खोजि रात पनि  बिताए । मैले आफ्नो सुत्ने कोठाभित्रका सामाजिक दानवहरुसँग लडेपछि र मलाई के गर्दा आनन्द हुन्छ भनेर थाहा पाएपछि अन्तत मैले अर्गाजम पाएँ!

साच्ची भन्नुपर्दा मलाई त्यस अर्गाजमको सबै विवरणहरु सम्झना छैन। तर त्यसपछि अति नै आनन्द र राहत महशुस गरेको थिएँ भनेर याद छ । मलाई अन्तत आनन्द कस्तो हुन्छ र आनन्दको अनुभव गर्न अरु मानिसहरुमा निर्भर हुन पर्दैन रहेछ भनेर थाहा भयो। म भावुक भए  किनकि घृणित शब्दहरुभन्दा बाहेक आफ्नो शरिरसँग कुरा गर्ने अर्को भाषा पत्ता लगाएको थिएँ। यो मेरो लागि आफ्नो हेरचाहको र केयर गर्ने तिरका बन्यो । अनि यो त केवल सुरुवात मात्र थियो।

मेरो पहिलो अर्गाजमपछि मैले धेरै धेरै नै अरु अर्गाजमहरु पाएको छु। मेरा साथीहरुसँग हस्तमैथुनको बारेमा खुला भएर कुराकानीहरु गरेको छु। इन्टरनेटमा भेटिएको एक अपरिचित व्यक्ति मार्फत मैले अडियो पोर्न भेट्टाए जुन मेरो लागि जन्मदिनको उपहार भन्दा कम थिएन । मसँग रहेका किङ्कहरुको बारेमा थाहा पाउदै छु। भर्खरै मैले ट्विटरमा भएका इरोटिक लेखन र फ्यान-फिक्सनप्रतिको मेरो प्रेमलाई जगाएको छु । यी लेखहरु मेरा “सहयोगी हात” बनिरहेको छ। मलाई महिलाहरुको यौन आनन्दमा केन्द्रित भएका इरोटिक सामाग्रीहरु मनपर्छ। मलाई कहिलेकाही आफ्नो यौनिकताको बारेमा हुने आत्मग्लानीबाट बच्नको लागि म फेमिनिस्टहरुले लेखेका यौनिकता र इरोटिसिजमसँग सम्बन्धित पुस्तक र विचार-पत्रहरु पढिरहेको छु। मैले अनुभव गर्ने प्रत्येक अर्गाजमले पितृसत्ताको साङ्लोहरुलाई खुकुलो बनाइरहेको छु।

मेरो लागि स्व आनद खोज्ने टापुको यात्रा अझै असम्भव नै भएपनि इन्टरनेटका स्व-आनन्दका कुनाहरुमा भने सजिलै घुम्न पाएकोमा म खुसी छु।