डिजिटल अधिकार र फेमिनिस्ट इन्टरनेटको कुराकानीलाई अझ सुलभ बनाउने प्रयासमा, बहु-मिडिया परियोजना "इन्टरनेट सिमा र सिमाभन्दा पर" लाई शुभ कायष्ठ, बडी एन्ड डाटाबाट र दीप्ती सिलवाल लगाएत अन्य ३० जना व्यक्तिहरूको सहकार्यमा संगठित गरियो। परियोजनाको भागको रूपमा रहेको ९ वटा कला मध्ये कविता, चित्रकला, छोटो एनिमेटेड भिडियो, डिजिटल कला, पजल गेम आदि समावेश थिए। संलग्न व्यक्तिहरूले फेमिनिस्ट र इन्टरसेकसनल भावलाई समेटेर एउटा यस्तो इन्टरनेटको अन्वेषण र कल्पना गरे जुन अभिव्यक्ति, सहमति, आनन्द, प्रतिरोध,गतिविधी निर्माण, गोपनीयता र डाटा आदि सिद्धान्तद्वारा निर्देशित छ। यो परियोजना काठमाडौँ ट्रिएनाले २०७७ को एक भाग थियो जुन सन् २०२२, मार्च महिनाभर नेपाल आर्ट काउन्सिल, बबरमहलमा प्रदर्शनी गरिएको थियो। दीप्ती, मेलबर्नको मोनाश विश्वविद्यालयका शहरी योजना पीएचडी उम्मेदवार हुन्। उनको अनुसन्धानले, ठाउँ र प्रादेशिक स्थानहरू बनाउन राजनीतिक बहिष्करणको बारे र यसमा स्थान निर्माणमा प्रमुख तथा दमनकारी प्रचलनहरूको मार्ग परिवर्तन गर्न कलाले भूमिका निर्वाह गर्नेबारे देखाउछ। शुभ नेपालमा बसोबास गर्ने एक फेमिनिस्ट अभियन्ता हुन्। उनले लिङ्ग, यौनिकता र प्रविधिको सेरोफेरोमा काम गर्छन्। आफ्नो कार्यमार्फत उनले डाटा न्याय, डिजिटल सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताबारे फेमिनिस्ट दृष्टिकोण ल्याउँछन्। |