बायोमेट्रिक डिजिटल पहिचान प्रणालीहरूलाई राष्ट्रिय सरकारहरू, बहुपक्षीय विकास नियोगहरू, र निजी क्षेत्रहरूले मानिसहरूको आधारभूत पहिचानपत्रबिना कानूनी पहिचान, समावेशी विकास, र आर्थिक वृद्धिको विश्वव्यापी समाधानको रुपमा प्रबर्द्धन गर्ने गरेका छन्। यो पाइलट अध्ययनले नेपालको राष्ट्रिय परिचयपत्र विरुद्धका माथिका आधारहरूलाई मुख्यतयः परिचयपत्रका निमित्त दर्ता गर्ने उनीहरूको प्रयत्न, अनुभव र अपेक्षा, उनीहरूले बाँचेको वास्तविकताहरूमा त्यस्तो कार्यक्रमको प्रभावलाई केलाएको छ। अध्ययनको निष्कर्षहरूले राष्ट्रिय डिजिटल परिचयपत्र कार्यक्रमहरूबारे अन्य विश्वव्यापी अध्ययनहरूलाई थप वजनदार बनाएको छ, जसले यस्ता प्रणालीहरूको कार्यान्वयन र वास्तविकताबीचको चिन्ताजनक खाडलहरू देखाउँछ। |