नोभेम्बर २०२२मा, नेपालको दोस्रो आम निर्वाचनको समयमा, नेपाल निर्वाचन आयोगले आफ्नो वेबसाइटमा मतदाताहरूको डाटा अनुमति बिना सार्वजनिक बनायो। जसले गर्दा डाटाको गोपनीयताको उल्लङ्घन भयो। यसले व्यक्तिगत जानकारीको सुरक्षाको सन्दर्भमा गम्भीर जोखिम र चिन्ताहरू खडा गरेको छ। सो निर्वाचन अवधिमा हामीले यस जानकारीलाई अगाडी ल्याएका थियौं र वेबसाइटबाट मतदाताको व्यक्तिगत विवरण हटाउन आयोगलाई अनुरोध गरेका थियौं। हामी आयोग सम्म पुग्न र आउनलागेको निर्वाचन सम्बन्धि विधेयकमा मतदाताको गोपनीयताको अधिकारको सम्मानको मागको लागि तपाईंको मदत चाहान्छौं। हाम्रो मुद्दा बलियो बनाउन, कृपया हामीलाई तपाइँलाई निर्वाचन सम्बन्धि पठाइएका विज्ञापनहरू, व्यक्तिगत सन्देशहरू, वा निर्वाचन अवधिमा प्राप्त फोन कलहरूको स्क्रिनसटहरू प्रदान गर्नुहोस्। निर्वाचनमा हाम्रो व्यक्तिगत जानकारीको सुरक्षा गर्न पहल गरौं। यदि तपाइँको जानकारी आयोगको वेबसाइटमा भएको कारण तपाइँको डाटा उल्लङ्घन भएको अनुभवहरु छन् भने, तपाइँ हामीलाई communication@bodyanddata.org मा इमेल गर्न सक्नुहुन्छ। |