लेखक  –  सृज्या थापा
thapasrijya@gmail.com

 

सेक्सी इज ब्युटिफुल”

कुरा यहि लकडाउनको हो । कोरोना भाइरसको त्रासले घर भित्रै बसेर पुर्णरुपमा लकडाउन पालना गरिरहेकी थिंए। एकदिन, पुरानो–पुरानो अपलोड नगरेका फोटोहरु मध्ये आफूलाई मनपरेको एउटा तस्बिर इन्स्टाग्राममा पोष्ट गरें । फोटो पोष्ट गरेपछि घरको काममा नै व्यस्त भएँ र फोन चेक गर्न भ्याइन । भोलिपल्ट हेर्दा त, मेरो त्यो फोटोमा एकजना इन्स्टाग्राम फलोअरले सेक्सी भनेर कमेन्ट गरेको देखें। मन झसङ्ग भयो । आफ्नो फोटो फेरी नियालेर हेरें, शरीरको कुनै अङ्ग नराम्रो पो देखिराखेको छ कि भनेर राम्रो सँग चेक पनि गरें तर त्यस्तो नराम्रो केही देखिन । तर पनि त्यो सेक्सी भन्ने शब्दनै मलाई कस्तो कस्तो लाग्यो। मैले असुरक्षित महशुस गरें। मनभित्र अनेकौं कुराहरु खेल्न थाले, जस्तै अरु कसैले यो कमेन्ट पढ्यो भने म प्रति कस्तो प्रकारको धारणा आउलापरिवारको कोही सदस्यले देख्नुभयो भने के सोच्नुहोला ?

म आफै जनस्वास्थ्यको विध्धार्थी भए पनि मलाई त्यस विषयमा उचित ज्ञान नभएको कारणले मैले त्यो घटनालाइ गम्भीर र नकारात्मक रुपमा लिन पुगें। यस्तो शायद मलाई मात्र हैन बरू म जस्तै धेरैलाइ भयो अथवा हुन्छ होला, तर त्यो भनेको हामीमा यौन र यौनिकता सम्बन्धी गलत बुझाइको परिणाम हो । त्यसको केही दिन पश्चात “Comprehensive Sexuality Education: वृहत यौनिकता शिक्षा” मा अनलाइन तालिम लिए पछि यौन र यौनिकता प्रति मेरो सम्पुर्ण हेराइबुझाइनै परिवर्तन भयो र अहिले सम्झिंदा मलाई त्यो कुरा सामान्य लाग्छ तर त्यतिबेलाको त्यो घटनाबाट दुईवटा कुरा महसुस भयो:

पहिलो सामाजिक सञ्जालमा हुने गतिविधिले मेरो सोच्ने शक्ति मात्र होइन मेरो व्यवहारला पनि नियन्त्रण गरिरहेको रहेछ

 किनभने त्यो घटना पछि म अब सामाजिक सञ्जालमा अरु कुनै क्रियाकलाप गर्नु भन्दा पहिले धेरै चोटी सोच्न थालें, आफु सामाजिक सञ्जालमा सुरक्षित छैन जस्तो पनि लाग्न थाल्योकोही नयाँ व्यक्तिको रिक्वेष्ट आउँदा पहिले नै नकारात्मक सोचहरुले मनमा ठाउँ ओगट्थ्यो र यो अवस्था मैले मात्र नभइ हामी धेरैले भोगेका छौं। तर किन त हामी आफू गलत नहुँदापनिआफैले गल्ती गरेको जस्तो आभास हुन्छकिन त्यही कुरामा अल्झिएर ओभरथिङकिङ को शिकार पनि हुन्छौ? आफूलाई के लाग्छ भन्दा पनि अरुले के भन्छके सोच्छ भनेर धेरै चिन्तित हुन्छौं? किनभने हाम्रो सामाजिक परिवेश अनुसार आफ्नो लागि भन्दा अरुको सहजताको लागि सोच्नुपर्ने चलन हावी भइदिन्छ । हामी आफू आफ्नो सोचमा कतिको बलियो छौं भन्दा पनि अरुले के सोच्छन् त्यही अनुसार आफ्नो मुल्याङ्कन गछौं । अरुलाई खुशी पारेर आफ्नो सार्थकता प्रस्ट्याउन खोज्छौं । यसमा सामाजिक सञ्जालभित्रको अन्तक्रियाले पनि अझ मलजल गरिरहेको हुन्छ । र सामाजिक सञ्जालले हाम्रो व्यक्तिगत व्यवहार र आत्मविश्वासमा यसरी नै असरहरु पारिरहेको हुन्छ । तर हामीले सधैं सम्झिनुपर्ने कुरा के हो भने “इन्टरनेट त धान र भुस भरिएको भकारी होधान चाहियो कि भुस हामी आफैले विचार गर्ने हो” ।

A woman lying down. There are flowers and plants weaving through her hair.

दोस्रो कुरा, कसैले मलाई सेक्सी लेख्यो भन्दैमा मैले आफूलाई त्यस्तरी अपमानित भएको महसुस गर्नु जरुरी थिएन । पश्चिमी सभ्यतामा सेक्सी शब्दले कसैको सुन्दरताको प्रंशसा गरेको बुझिन्छ भने हाम्रो नेपाली समाजमा चाहि “नराम्रो चरित्र दर्शाउने सम्बोधनको रुपमा हेरिन्छ ।

 अधिकांश नेपालीहरुले यौनिकता भनेको तपाईंले को सँग यौन सम्बन्ध राख्नुहुन्छयौन अंगहरु र यौन सम्बन्धि मात्र विषयवस्तु हो भन्ने सोच्छन् तर वास्तवमा यौनिकता भनेको व्यक्तिको यौन भावनाविचारआकर्षणअनुभूति अभिव्यक्ति त हुँदै हो तर सँगसँगै व्यक्तिको लैङ्गिक पहिचानअभिमुखीकरणयौन प्राथमिकीकरणव्यक्तिले विभिन्न सामाजिक साँस्कृतिक पक्षसँग गर्ने अन्तरक्रिया जस्ता धेरै पक्षहरु यौनिकता हो ।

 तर यस्तो बृहत बुझाइ नहुँदा सेक्सी शब्दलाई सीमित र नराम्रो अर्थले प्राय: बुझिन्छ । अहिले मानिसहरुको सोच फेरिंदै छ, तर पनि अधिकांश मान्छेमा यही सोचले जरा गाडेको छर यस्तो हुनुमा उही परम्परागत मान्यताको प्रभावको कारण हो भन्न सकिन्छ ।

सेक्सी शब्द आफैमा अफेन्सीभ होइनमानिसको सोचमा भर पर्ने कुरा हो । सेक्सीको परिभाषा मानिस पिच्छे फरकफरक हुन सक्छन् वास्तवमा, सुन्दरताकामुकता जस्ता शब्द एउटा व्यक्तिको अभिव्यक्ति र प्रस्तुतीको आधारमा उसको परिचय त हुनसक्छ तर त्यो नै उसको सम्पूर्ण परिचय भने होइन । उसका परिचयका धेरै पाटोहरु नदेखिएको वा देखाउन नचाहेको भने हुनसक्छ । त्यसैले सेक्सी हुनुलाई नराम्रो अर्थमा लिनु हुँदैन । हामीले sex , sexuality सम्बन्धीत विधामा स्वस्थ संवाद गर्नुपर्छ र यस्ता कुराहरुको बिना हिचकिचाहट खुलेर सामना गर्नुपर्छ । अरुको सुन्दरताको सम्मानका साथ वर्णन गर्नुपर्छ र हामीले पनि त्यस प्रशंसालाई सहर्ष स्वीकार गर्नुपर्छ ।