पहुँचभन्दा पर हाम्रो गुणात्मक (क्वालिटेटिभ) अध्ययन हो जसले अपाङ्गता भएका महिला तथा केव्यर व्यक्तिहरुले आफ्नो यौनिकता अभिव्यक्त गर्ने एउटा थलोको रूपमा इन्टरनेटको प्रयोग कसरी गरिरहेका छन् र त्येस्मा एकखालको गहन बुझाई उपलब्ध गराएको छ यो अध्ययनले विभेद र सीमान्तीकरणको जटिल तहहरुलाई खोतलेको छ जसले अपाङ्गता भएका सिमान्तकृत समूह अझ त्येस भित्र पनि महिला र क्वेयर व्यक्तिहरुलाई बेवास्था गर्ने गर्छ

यो अध्ययन नेपालको संरचनागत अन्यायको कारण अभावमा बाचिरहेका अपाङ्गता भएका महिला र क्वेयर अभियन्ता/ अधिकारकर्मीहरुको जीवनको एक झलक हो। निजी जीवनमा होस् वा अभियानकै खातिर यौनिकताको खोजि र अभिव्यक्तिको लागि विभिन्न तरिकाबाट कसरी इन्टरनेट प्रयोग गरिरहेका छन् भन्ने गहन अनुभवका कथाहरु छन्। यस अध्ययनमार्फत हामी महिला अधिकारसम्बन्धी आन्दोलनहरु, यौनिक तथा लैंगिक अधिकारका अन्दोलानहरु र प्रविधिकेन्द्रित छलफलको मूलप्रवाह र मूलधारका भाष्यहरुमा बेवास्था गरिएका अपाङ्गता भएका महिलाहरु बारे प्रकाश पर्न चाहन्छौं।