इन्टरनेटको अनुभव गरिरहेका पहिचानहरु – नेपाल सर्भेक्षण प्रतिवेदले विभिन्न पहिचान भएका व्यक्तिहरुको इन्टरनेट प्रग्योगको बारेमा समस्टिगत रूपमा हेर्छ। यसै क्रममा हामीले यस सर्भेक्षणबाट हामीले पहुँच र प्रयोग, स्वायत्तता र अभिव्यक्ति र अनलाइनमा हुने हिंसाका अनुभवलाई फेमिनिस्ट दृष्टिकोणबाट हेर्यौं।  यो अध्ययनको उदेश्य निजी जीवन र कामकाजको सन्दर्भमा नेपालीहरुको इन्टरनेट र प्रविधिको पहुँच र प्रयोगबारे व्याख्या गर्नु हो। त्येसो गरिरहदा, मानिसहरुले इन्तेर्नेत्मा स्व- अभिव्यक्त हुनको लागि कसरी उनिहरुली आफ्ना एजेन्सी र स्वायत्तताको प्रयोग गरिरहेका छन् भन्ने कुरालाई पनि यस अध्ययनले नियालेको छ । अध्ययनली डिजिटल थालोहरुमा मानिसहरुले भोगिरहेका हिंसा र दुर्व्यवहारबारे पनि खोजी गरेको छ ।

यो अध्ययन अस्सोसिअशन फर प्रोग्रेसिभ कम्युनिकेशन (एपीसी)को वोमेन राइट्स प्रोग्रामको इरोटिक्स: यौनिकता र इन्टरनेटको अन्वेषण अनुसन्धान  प्रोजेक्टको हिस्सा थियो र एम्प्लिफाई चेन्जको साहयतामा गरिएको थियो ।