गायक सोफिया थापाको हालै सार्बजनिक “अबको तीज नो ब्रत प्लीज” भन्ने गीतलाई लिएर विभिन्न धार्मिक संगठनहरुले उनी माथि धर्म संस्कृति विगार्न खोजेको अरोपमा गीतको आलोचना सहित ज्यान मार्ने धम्की दिनु र हाइलाइट्स नेपालले सो गीतलाई प्राइभेट बनाउनु भनेको फेरि पनि अभिव्यक्ति स्वतन्त्रता माथिको बन्देज हो । सो युटुब भिडिओ अनलाईनबाट हटाइएको छ, यसबाट हाम्रो इन्टरनेटमा हुने सूचनाको अधिकार हनन् हुनुको साथै गायक माथि लादिएको सेन्सरशिप (सम्भावित सेल्फ सेन्सरशिप) नन्दनिय छ। यो घटना महिला तथा सीमान्तकृत समुदायको अभिव्यक्तिमाथि भइरहेको लगातारको बन्देज र हस्तक्षेपको अर्को पराकाष्ठा हो ।

नेपालको संविधान धारा २६ ले धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अबलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता दिएको छ । गायक सोफिया आफैले पनि हिन्दु धर्म मान्ने तर तीजमा ब्रत बस्ने नाममा आफ्नो स्वास्थ्यलाई हानी नहुने काम गर्न आग्रह गरेको उल्लेख गरेका छन् । तीजको परम्परा अनुसार आफ्नो श्रीमान र परिवारको स्वास्थ्य लाभको लागि हिन्दु महिलाहरु निराहार ब्रत बस्ने गरेको हाम्रो परम्परा छ। गीत मार्फत उनले संविधानले नै दिएको अभिव्यक्ति अधिकारको पनि अभ्यास गरेका हुन् । फेरि आफ्नो आस्था अनुसार धर्मको अबलम्बन गर्नु भनेको आफूले जे कुरामा विश्वास गरिन्छ त्यहि गर्नु भनेको पनि हो । खाली पुरानै चाल चलनलाई जस्ताको तस्तै पछ्याउनु मात्र होइन ।

हाम्रो सामाजिक संरचनामा महिला र सिमान्तकृतहरुमाथि संदियौ देखि सामाजिक, साँस्कृतिक, आर्थिक, धार्मिक र विभिन्न खाले विभेद लादिएको छ । परम्परा र संस्कृति भनेको परिबर्तनशील छ र समय सापेक्ष यसलाई अपनाउदै जानु अहिलेको माग पनि हो। जसको लागि अभिव्यक्ति पहिलो र अति आवश्यक कदम पनि हो । तर जब गीतको माध्यमबाट यस्ता विभेदहरुमाथि प्रश्न गरिदा ज्यान मार्ने धम्की आउँछ र गीत नै अघोषित रुपमा बन्देज लाग्छ भने सामाजिक असमानता विरुद्ध चुप नै बस्न भनिएको अर्थ लाग्छ । महिला अनि सिमान्तकृत उही असमान र हेपिएको अवस्थामा बसुन् भन्ने मनस्थिती यहाँ देखिन्छ ।

यसरी समग्र अभिव्यक्तिमाथि सेन्सरसीप लगाई उनीहरुको आवाज दबाउने काम अति नै निन्दनीय काम हो । जुन संविधान र विभिन्न अन्र्तराष्ट्रिय कानुन प्रदत्त मानव अधिकार विरुद्ध कै अपराध हो । यस्तो कार्यको विरुद्ध निरन्तर खबरदारी र आवाज उठाइराख्नु आज सबैको अपरिहार्य आवश्यकता भएको छ ।

यस मुद्दाको बारेमा केहि अभियान्ताहरु र संगठनहरुको धारणा एस प्रकार छन् :

 

Freedom Forum condemns the online harassment and threat of attack on singer Thapa because it violates her right to freedom of expression. She has not belittled any belief in the song. There are no words of hate speech, but just the message for women not to risk their health in the name of fasting. The song has further advocated for equality among male and female. Freedom Forum also urged the administration to stay alert to prevent the possibility of untoward incident against singer Thapa.

 

Read entire post from Freedom Forum here

Freedom Forum

 

 

Summary:

Singer Sofiya Thapa recently came out with her song “Aba ko Teej, No Barta Please” which translates to “No fasting in the upcoming Teej”. The song criticized the Hindu festival and the ritual of fasting by women for their husbands’ long life.

The song was criticized and the singer was threatened to kill by different religious groups and people. Furthermore, the video was made private by Highlights Nepal. This type of censorship is a violation of our Right to Information on the internet, as well as a violation of the singer’s Right to Freedom of Expression.

Moreover, women and people from minority groups have been subjugated by the society, culture, tradition, economy and religion for centuries. Culture, rituals and religious sentiments are ever changing, and needs to be modified according to the time. This cannot be achieved through the giving death threats to people who criticizes the ongoing practices. This type of censorship and harm towards people should be condemned and spoken against of.